काठमाडौं । निषेधाज्ञाका बीच पनि सेवा सन्चालन गरिरहेका सहकारी संघ, संस्थाहरुलाई अत्यावश्यक बाहेकका सबै सेवाहरु तत्काल स्थगन गर्न सहकारी विभागले देशव्यापी अपिल गरेको छ ।
काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) ले सरकारलाई २०० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । मंगलबार परिसंघका पदाधिकारीहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई भेट गरी ८ लिटर क्षमताका २०० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका हुन् ।
काठमाडौं । कोभिड–१९ को महामारीमा प्रायː जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । त्यस्तोमा अधिकांश मानिस घरमा छन् । प्रहरी प्रधान कार्यालयले घरमा हुने हिंसा, यौनजन्य हिंसा र लैंगिक हिंसा भएमा खबर गर्न आग्रह गरेको छ ।
काठमाडौं । नेपाल चिकित्सक संघले कोरोना महामारीलाई स्वास्थ्य प्रणालीले थेग्न नसक्ने अवस्था आएको भन्दै कोरोनासँगको लडाई जित्न राष्ट्रिय संकल्पसहित सवै एकै ठाउँ उभिन अपील गरेको छ ।
काठमाडौं । नायक सलमान खानले चलचित्रमा नायिकासँग चुम्बन नगर्ने बताउँदै आएका छन् । आजका दिनसम्म उनले यो वाचा तोडेका छैनन् । तर, चलचित्र ‘राधे’को ट्रेलरमा भने उनले नायिका दिशा पटानीसँग चुम्बन गरेको देखाइएको छ ।
काठमाडौं । धापासीस्थित ग्राण्डी अस्पतालले बिरामी भर्ना गराउन नसक्ने घोषणा गरेको छ । सरकारले दैनिक १०० सिलिन्डर अक्सिजन दिने गरेको जानकारी दिँदै अस्पतालले यसै कारण थप बिरामी भर्ना लिन नसक्ने बताएको हो ।