काठमाडौं । सरकारले कोरोना संक्रमित बिरामीले प्रयोग गर्ने औषधि रेम्डिसिभिरको मूल्य तोकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले बुधबार एक विज्ञप्ति जारी गर्दै प्रति भाइल ४ हजार ९०० रुपैयाँमा रेम्डिसिभिर खरिद गर्न सकिने जानकारी गराएका हुन् ।
काठमाडौं । कोरोना संक्रमणबाट बैंकर निरज श्रेष्ठको निधन भएको छ । कोरोना संक्रमणपछि नेपाल प्रहरी अस्पतामा केहि दिन भनाई भएका श्रेष्ठको बुधबार विहान निधन भएको हो ।
काठमाडौं । स्मार्ट टेलिकमले निषेधाज्ञा अवधीमा आकर्षक अफर ल्याएको छ । स्मार्ट ग्राहकहरुले रिचार्जमा ४ गुणा सम्म बोनस पाउने भएका छन् । यस अफर अन्तर्गत प्राप्त बोनस ग्राहकहरुले स्मार्ट नेटवर्क भित्र डाटा, भ्वाइस तथा एसएमएस प्रयोग गर्न सक्छन ।