काठमाडौं । कोरोना संक्रमणको महामारीले नेपालको स्वास्थ्य क्षेत्र संकटपूर्ण अवस्थामा पुगेपछि नेपाली नागरिकका प्रतिनिधिहरुले छिमेकी मुलुक चीनलाई सहयोग गर्न अपील गरेका छन् ।
काठमाडौं । गैरआवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोग स्वरुप प्राप्तहुने करिव ६०० थान अक्सिजन सिलिन्डर लिन नेपाल एयरलाइन्सको विमान ओमान जाने भएको छ ।
सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले डीनसहित १७ पदाधिकारी नियुक्त गरेको छ । विश्वविद्यालयले पहिलोपटक खुला प्रतिस्पर्धाबाट ४ जना डीन, ४ जना निर्देशक र ९ जना क्याम्पस प्रमुख नियुक्त गरेको उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले जानकारी दिए ।
काठमाडौं । कोरोना संक्रमणपछि उपचारका लागि अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार राति घर फर्किएका छन् । कोरोनामुक्त भएसँगै पूर्ण स्वस्थ भई बुधबार राति ८ बजे डिस्चार्ज भएका नर्भिक अस्पतालले जनाएको छ ।
काठमाडौं । सरकारले कोरोना महामारीको नियन्त्रणका लागि मुलुकका अधिकांश जिल्लामा निषेधाज्ञा लम्ब्याएको छ । सोही अनुसार बन्द गरिएको आन्तरिक तर्फको हवाई उडान अर्को आदेश नभएसम्मका लागि बन्द भएको छ ।
पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख सीता पौडेलले बुधबार साँझ पद तथा गोपनीयताको शपथ गराइन् ।
काठमाडौं । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले गोदावरीमा बनेको सभा हलको उद्घाटन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले बालुवाटारबाट भर्चुअल रुपमा सभाहल उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।