काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४ अर्ब ५९ करोड ९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत वर्षको यहि अवधिको तुलनामा ४८.१० प्रतिशतले बढी हो ।
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका सञ्चालक तथा निर्देशक विजय जलानको निधन भएको छ । कोभिड संक्रममित जलानको काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा बिहीबार विहान निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
काठमाडौं । प्रभु इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा खुद बीमाशुल्क र खुद नाफा दुबैमा सामान्य सुधार भएको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
भारत यतिबेला कोरोना महामारीको चपेटामा छ । यस्तो बेला भारतकै गुजरात राज्यको अहमदाबादको एउटा बिद्यालयमा भने गाउँलेहरु भेला भई धमाधम गाईको गोबर र पिसाव दलेर कोरोना भगाउने कोसिसमा छन् ।
काठमाडौं । कोरोना संक्रमित बिरामीको संख्या बढेसँगै सरकारले भएका अक्सिजन उद्योगहरुलाई पूर्ण क्षमतामा चलाउने र अक्सिजन उत्पादनलाई तीव्रता दिने निर्णय गरिसकेको छ । अक्सिजन उद्योगहरुमा सिलिण्डर भर्नका लागि लाइन लाग्नुपर्ने बाध्यता आइसकेको छ ।