सुनको मूल्यमा दोश्रो दिन पनि चार सय रुपैयाँले घट्यो |
काठमाडौं । सुनको मूल्यमा लगातार दोश्रो दिन गिरावट आएको छ । बैशाख ३० गते, बिहीबार सुन तोलामा ४०० रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले घटेको छ ।
यस दिन छापवाला सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन पनि सुन प्रतितोला ३०० रुपैयाँले ओरालो लागेर ९२ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यसैगरी बिहीबार चाँदीको भाउ पनि घटेर प्रतितोला एक हजार ३३५ रुपैयाँमा किनबेच हुँदैछ । महासंघको तथ्यांक अनुसार बुधबार चाँदीको भाउ स्थिर रही प्रतितोला एक हजार ३४५ रुपैयाँ कायम भएको थियो ।



