काठमाडौं । आर्थिक वर्ष २०७८ को फागुन महिनासम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप ११.० प्रतिशतले वृद्धि भई ४१ खर्ब ६० अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । त्यस्तै कर्जा प्रवाह १७.५ प्रतिशतले वृद्धि भई ३८ खर्ब ४६ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ।
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चीनबाट ५० लाख र अमेरिकाबाट ५० लाख डोज खोप खरिद प्रकृया अगाडी बढाइएको भन्दै केही दिनमै यो प्रकृयामा ब्रेक थ्रु हुने दावी गरेका छन् ।
पाल्पामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समयावधि थप गरेको छ । कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको जनाउँदै यही जेठ २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको हो ।
स्ट्यान्ड अप कमेडियन समुह ‘नेपग्याजम’ले ‘गिनिज बुक अफ वर्ल्ड रेकर्डस्’मा आफ्नो नाम लेखाउन सफल भएको छ । ‘नेपग्याजम’ले सगरमाथाको कालापत्थरमा स्टेण्डअप कमेडी गरेर यो नाम लेखाउन सफल भएको हो ।
काठमाडौंँ । सौरभ राईको निर्देशनमा बन्न लागेको नेपाली फिल्म ‘गुराँस’को स्क्रिप्टले नेदरल्यान्डको स्क्रिप्ट डेभलपमेन्ट फन्ड जितेको छ । नेपाल र भारतको संयुक्त निर्माण रहने फिल्मले १० हजार युरो रकम रहेको ‘होबर्ट बल्स फन्ड’ जितेको हो ।