पोखरा । पोखरास्थित गण्डकी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन आपूर्ति बन्द हुँदा एक सुत्केरीसहित सात कोरोना सङ्क्रमितको निधन भएको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो बिक्री गर्ने भएको छ । बैंकले एक सूचनामार्फत आज (जेठ १४ गते, शुक्रबार) उक्त परिमाणको रिपो बोलकबोल गर्न लागेको जानकारी दिएको छ ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको निर्णय लत्याएर नीतिहीन गठबन्धनको भर्याङ चढेर सरकारमा जान खोज्नु अराजनीतिक र झेली काम भएको टिप्पणी गरेका छन् ।
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर हासिल गर्न कठिन रहेको बताएका छन् । शुक्रबार आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै उनले ४.१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न नसकिने बताएका हुन्।
काठमाडौं । कोरोना महामारीबाट प्रभावित सवा ५ लाख करदाताले दुई अर्ब १९ करोड रुपैयाँ कर छुट पाएका छन् । अर्थ मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७∕७८ को आर्थिक सर्वेक्षण अनुसार आव २०७६∕७७ मा लाग्ने आयकरमा २ अर्ब १९ करोड ६२ लाख रुपैयाँ कर छुट पाएका हुन् ।