काठमाडौं । भारतमा म्युकरमाइकोसिस (कालो ढुसी)को संक्रमणको कारण ४३ सयभन्दा धेरैको मृत्यु भएको छ । पछिल्लो समय भारतमा कालो ढुसीका संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएसँगै यसबाट मृत्यु हुनेको संख्या पनि बढेको हो ।
काठमाडौं । आइएमई पे र मल्पी इन्टरनेशनल कलेजवीच समझदारी भएको छ । समझदारी अनुसार आइएमई पे मल्पी इन्टरनेशनल कलेजको डिजिटल पेमेन्ट पार्टनर हुनेछ भने मल्पी इन्टरनेशनल कलेजका विद्यार्थीहरूले आइएमई पेमा इन्टर्नसिपको अवसर पाउनेछन् ।
काठमाडौं । लक्ष्मी बैंक फोनलोनले आफ्नो ३ हप्ता लामो युरो कप विथ फोनलोन क्याम्पेनको विजेता घोषणा गरेको छ । यस क्याम्पेनका विजेता लक्ष्मी बैंकका ग्राहक अशोक कुमार खाती भएका छन् ।
वीरगञ्ज । आन्तरिक राजश्व कार्यालय पर्साले गत आर्थिक वर्ष ०७७∕०७८ मा लक्ष्य भन्दा १७ प्रतिशत कम राजश्व संकलन गरेको छ । कार्यालयले असार मसान्तसम्म ८ अर्ब १४ करोड २१ लाख १ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । जुन लक्ष्यको ८२.९४ प्रतिशत हो ।