नेपाल चेम्बर अफ कमर्सको सुन चांदी रत्न आभूषण खानी तथा भूगर्भ समिति गठन |
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले रमेश महर्जनको सभापतित्वमा सुन चाँदी रत्न आभूषण खानी तथा भूगर्भ समिति गठन गरेको छ ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले समितिका पदाधिकारी तथा सदस्यहरुलाई मनोनयन पत्र प्रदान गरेका छन् ।
उक्त समितिको उपसभापतिमा दियेश रत्न शाक्य र सुमन मान ताम्राकार तथा सदस्यहरुमा केशर सेन्चुरी, विशन शाक्य, विद्यासागर ताम्राकार, किशोर पाण्डे, सुर्य कुमार वराल, अर्जुन विश्वकर्मा मनोनित भएका छन् ।
चेम्बर अध्यक्ष मल्लले नव मनोनित पदाधिकारी तथा सदस्यहरुलाई मनोनयन पत्र प्रदान गरेका छन् ।
अध्यक्ष मल्लले समितिमा सुन चाँदी रत्न आभूषण खानी तथा भूगर्भ क्षेत्रमा लामो अनुभव हासिल गरेका महानुभावहरुको प्रतिनिधित्व भएकोले सो क्षेत्रको प्रवद्र्धनको लागि तय गरिने नीति तथा पैरवीको लागि उल्लेखनिय भूमिका निर्वाह गर्नुहुने अपेक्षा गरेका छन् ।


