‘युरो कप विथ फोनलोन योजना ’का विजेता बने लक्ष्मी बैंकका अशोक कुमार खाती |
काठमाडौं । लक्ष्मी बैंक फोनलोनले आफ्नो ३ हप्ता लामो युरो कप विथ फोनलोन क्याम्पेनको विजेता घोषणा गरेको छ । यस क्याम्पेनका विजेता लक्ष्मी बैंकका ग्राहक अशोक कुमार खाती भएका छन् । खातीले सामसङ्गको ५५ इन्च स्मार्ट टिभी जितेका छन् ।
सो क्याम्पेन असार १ गतेदेखि २३ गते सम्म चलेको थियो भने यसमा फोनलोन सन्जालका ५ बैंक लक्ष्मी बैंक, कुमारी बैंक, सिटिजन बैंक, नबिल बैंक र मेगा बैंकका फोनलोनका प्रयोगकर्ताहरु सहभागी हुन सक्ने थिए ।
यस क्याम्पेनमा सहभागी हुनका लागी योग्य फोनलोनका प्रयोगकर्ताले सो अवधि भित्र फोनलोन मार्फत कर्जा लिनु पर्ने थियो । विजेता छनौट भने फोनलोनको विनर सेलेक्सन सफ्टवेरुद्वारा गरिएको थियो ।
यस क्याम्पेन मार्फत फोनलोनले ग्राहकहरु माझ कागजरहित, धितोरहित स्मार्ट लोन सुविधा बारे जानकार गराएको छ ।


