काठमाडौं । प्रस्तावित नेपाल सहकारी बैंक (प्रस्तावित) को सम्पर्क कार्यालय खुलेको छ । नेपाली काँग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभाग प्रमुख आनन्द प्रसाद ढुंगाना र विभागका सचिव एवं बैंकका अध्यक्ष सुरेन्द्र भण्डारीले संयुक्त रुपमा सम्पर्क कार्यालयको उद्घाटन गरेका छन् ।
भक्तपुर । लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो छैठौं सदस्य सुबिधा काउन्टर भक्तपुर स्थित सूर्यविनायकको पाण्डु बजारमा विस्तार गरेको छ ।
काठमाडौं । यही भदौ १६ गतेदेखि बुध्द एयरले पोखरा–सिमरा सिधा उडान सुरु गर्ने भएको छ । कम्पनीले सिधा उडानबाट पोखरालाई देशको विभिन्न प्रदेशसँग जोड्ने क्रममा पोखरा–सिमरा सिधा उडान सुरु गरेको हो ।
काठमाडौं । ब्याजमा अनुदान कार्यक्रम कार्यान्वयनका लागि कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सेञ्चुरी कमर्सियल बैंक लिमिटेडबीच समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।
काठमाडौं । कुमारी बैंक लिमिटेडले कोभिड महामारीको रोकथामका निमित्त दमक उद्योग वाणिज्य संघद्वारा सञ्चालित महामारी नियन्त्रण अभियान कोषमा ५० हजार सहयोग गरेको छ ।
चितवन । चितवनको भरतपुरका नेपाल विद्युत प्राधिकरणका कर्मचारीले सुनियोजित रुपमा इन्टरनेटको तार काटेको भन्दै इन्टरनेट सेवा प्रदायक संस्था (इस्पान) ले कारबाहीको माग गरेको छ ।
काठमाडौं । नेपाल सरकार स्वास्थ्य मन्त्रालय÷स्वास्थ्य सेवा विभागको सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघ सचिवालय, टेकूमा उद्योगी व्यवसायीहरूका लागि कोभिड विरूद्धको खोप कार्यक्रम संचालन गरिएको छ ।
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बहुआयामिक गरिबीको दर सबैभन्दा धेरै रहेको कर्णाली प्रदेशको विकास बिना समग्र राष्ट्रको गरिबी अन्त्य नहुने भएकोले त्यसतर्फ लगानी बढाउन बैंक तथा वित्तीय संस्थाहरूलाई आग्रह गरेका छन्।