लालीगुराँस सहकारी संस्थाको सुविधा काउन्टर भक्तपुरको सूर्यविनायकमा |
भक्तपुर । लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो छैठौं सदस्य सुबिधा काउन्टर भक्तपुर स्थित सूर्यविनायकको पाण्डु बजारमा विस्तार गरेको छ ।
संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले उक्त काउन्टरको एक कार्यक्रम बीच उद्घाटन गरे । उद्घाटन कार्यक्रममा अध्यक्ष श्रेष्ठले देशकै सबैभन्दा ठूलो सहकारीको रुपमा परिभाषा दिन र देशभरका जनतालाई सर्वसुलभ सुबिधा उपलब्ध गराउन सदस्य सुविधा काउन्टर थप गरेको बताए।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले देशको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको सहकारी क्षेत्रको समग्र विकासमा सदस्य सुविधा काउन्टर थप गरिरहेको बताए ।
संस्थाले यसअघि संस्थाको ललितपुर चापागाँउ, काठमाडौंको चाबहिल, न्यूरोड, भक्तपुरको कौशलटार र चितवनको पर्सामा सदस्य सुविधा काउन्टर संचालन गरिसकेको छ ।




