काठमाडौं । दशैंका लागि काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुले आज (असाेज ११ गते) सोमबारदेखि अग्रिम टिकट बुकिङ खुलेको छ। सरकारले आजदेखि लामो दूरीका सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गरेको हो।
काठमाडौँ । प्रतिस्थापन विधेयकमार्फत ल्याइएको नयाँ बजेटमा दीर्घरोगीको उपचारका लागि मासिक भत्ता व्यवस्था गरिएकोमा मेरुदण्ड पक्षघात समूह नेपालले अर्थमन्त्री जनार्दन शर्मालाई धन्यवाद दिएको छ ।
काठमाडौं । नेपालमा रेनो गाडीहरूको अधिकारिक वितरक एड्भान्स अटोमोबाइल्सले आफ्नो विशेष चाडपर्व योजना ‘रेनो शुभ कार–रम्भ’ सार्वजनिक गरेको छ । ‘चाडपर्वको शुभ शुरुवात, गरौँ रेनोको साथ’ सँगै यो योजना आएको हो ।
काठमाडौं । सानिमा बैंकले दसैँ धमाका योजना सार्वजनिक गरेको छ । अनलाइन सपिङ पोर्टल दराजसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त हुने बैंकले जनाएको छ ।
काठमाडौं । जर्मनीमा आज आम निर्वाचन हुँदै छ । जर्मन चान्सलर एङ्गेला मर्केलको १६ वर्ष लामो सत्ता सन्चालनपछि नयाँ चान्सलर चयनका लागि हुन लागेको यो निर्वाचनलाई महत्वका साथ हेरिएको छ ।