काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) अन्तर्गतका इन्जिनियरिङ क्याम्पसहरुले लिने स्नातक तह (ब्याचलर्स) को प्रवेश परीक्षाको तयारी कक्षा ‘क्ल्याम्प हुक एकेडेमी’ले सञ्चालन सुरु गरेको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको चालु आर्थिक वर्षको साउनसम्मको तथ्यांक अनुसार क्युआर कोड स्क्यान गरेर मात्रै एक महिनामा झन्डै सवा १४ अर्ब रुपियाँको कारोबार भएको छ ।
चितवन । कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेजका) आवासीय निर्देशक डा. मनोहर प्रधानले कोभिड १९ को तेस्रो लहर आए पनि आफूहरु तयारी अवस्थामा रहेको बताएका छन् ।
काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्तित ‘आइएमई पे’ को दसैँको झट्का स्किम सार्वजनिक गरिएको छ । अफर असोज ११ देखि १४ गते सम्म हरेक दिन दिउँसो १ बजे १ घण्टाका लागि लागु गरिएको कम्पनीले जनाएको छ ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रका संघ/संस्थाहरुमा नेतृत्व चयनका लागि चुनावी प्रक्रिया स्वाभाविक भए पनि त्यसलाई जित वा हारका रुपमा लिन नहुने बताए ।