थप १,२८२ जनामा कोरोना संक्रमण पुष्टि, सात जनाको निधन |
काठमाडौं । नेपालमा थप एक हजार २८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोहि अवधिमा संक्रमणमुक्त हुनेको संख्या भने एक हजार २६२ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार सात जनाको निधन भएको छ । हालसम्म नेपालमा कुल ११ हजार १०३ जना संक्रमितले ज्यान गुमाएका छन् । २४ घण्टामा भएको १२ हजार ८१ पीसीआर परीक्षणमा ९७५ जना र तीन हजार ४०७ एन्टिजेन परीक्षणमा ३०७ जनामा कोभिड पोजिभिट भेटिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
हाल देशमा १८ हजार ८४८ सक्रिय संक्रमित छन् । हाज काठमाडौंमा २८५ जना, ललितपुरमा ६६ जना र भक्तपुरमा ४३ जना गरी उपत्यकामा कुल ३९४ जना थपिएका छन् ।

