काठमाडौं । छैटौं संस्करणको आइसिटी अवार्डको शीर्ष प्रायोजन एफवान सफ्टले गर्ने भएको छ । सोमवार आइसिटी अवार्डको आयोजक लिभिङ विथ आइसिटी र एफवान सफ्टबीच शीर्ष प्रायोजनका लागि सम्झौता भएको हो । सम्झौता अनुसार कार्यक्रमको नाम ‘एफवान सफ्ट आइसिटी अवार्ड २०२१’ हुनेछ ।
वीरगन्ज । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्तालाई युरोपियन इन्टरनेशनल युनिभरसिटी, पेरिस, फ्रान्सले ग्लोबल लिडरसीप एण्ड म्यानेजमेन्टमा ‘प्रोफेसनल डक्टरल सर्टिफिकेट’ बाट सम्मानित भएका छन् ।
काठमाडौं । जेम्स इन्स्टिच्युट अफ हायर एजुकेसनमा पहिलोपटक डिजिटल मार्केटिङ कोर्स सञ्चालन हुँदैछ । ‘गेटिङ स्टार्टेड विथ डिजिटल मार्केटिङ’ भन्ने अभियानसहित डिजिटल मार्केटिङ इन्स्टिच्युसन, आयल्र्यान्डसँगको साझेदारीमा सञ्चालन गर्न लागिएको डिजिटल मार्केटिङ विषयसम्बद्ध छोटो अवधिको कोर्स हो ।
दोहा, कतार । कतार एयरवेज समूहले सन् २०२०÷२१का लागि आफ्नो बार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनमार्फत विद्यमान कोभिड–१९ महामारीको चुनौतिपूर्ण बर्ष र यसले विश्वब्यापी उड्डयन उद्योगमा निम्त्याएको प्रबृत्ति र ट्राफिक तथा आम्दानीमा भएको ब्यापक घाटा दर्शाइएको छ ।