कतार एयरवेज समूहद्वारा आफ्नो २०२०/२१ को वार्षिक प्रतिवेदन सार्वजनिक |
दोहा, कतार । कतार एयरवेज समूहले सन् २०२०÷२१का लागि आफ्नो बार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनमार्फत विद्यमान कोभिड–१९ महामारीको चुनौतिपूर्ण बर्ष र यसले विश्वब्यापी उड्डयन उद्योगमा निम्त्याएको प्रबृत्ति र ट्राफिक तथा आम्दानीमा भएको ब्यापक घाटा दर्शाइएको छ ।
कठिनाईका बावजुद कतार एयरवेज समूहले आफू लगायत आफ्ना सहायकहरुका लागि चुनौतिको सामना गर्दै अघि बढ्नु नौलो कुरा नभएको प्रमाणित गर्दै समूहको शक्ति, लचिलोपन र प्रतिबद्धता प्रतिबिम्बित गरेको छ ।
कतार एयरवेज समूहले आफ्नो कूल घाटा, कतारी रियाल १९.९ बिलियन (अमेरिकी डलर ४.१ बलियन) देखाएको छ । यस मध्य कतारी रियाल ४ बिलियन (अमेरिकी डलर २.३ बिलियन)को कारकका रुपमा एयरलाईन्सको एयरबस ए३८० र ए३३० फ्लिट्सको ग्राउण्डिंग सम्बन्धि एक पटकको हानी शुल्क रहेको छ ।
विद्यमान महामारीका बावजुद समूहको सञ्चालन नतिजाले संकटका समयमा अपनाएको लचिलोपन प्रतिबिम्बित गरेको छ । यस दौरान समूहले सञ्चालन घाटा कतारी रियाल १.१ बिलियन (अमेरिकी डलर २८८.३ मिलियन) रिपोर्ट गरेको छ । यो सन् २०१९÷२०का तुलनामा ७ प्रतिशतले कम हो ।
साथै, समूहले पछिल्लो बर्षको कतारी रियाल ५ बिलियन (अमेरिकी डलर १.४ बिलियन)का तुलनामा कतारी रियाल ६ बिलियन (अमेरिकी डलर १.६ बिलियन)का साथईबीआईटीडीएमा उल्लेखनिय सुधार हात पारेको छ ।
कतार एयरवेज कार्गो डिभिजन र समूहको ब्यवसायिक अनुकूलताको संयुक्त परिणाम नै यस सुधारको प्रमुख कारक हो ।
व्यावसायिक उड्डयनको ईतिहासमै सबैभन्दा आलोचनात्मक–प्रतिकूल बजार अवस्था रहेको समयमा हवाई उडान सुरक्षाप्रति यात्रुको विश्वास पूणर्जागरण गराई उद्योगमै अग्रणी भूमिका निर्वाह गर्नुका साथै महामारीको उच्च जोखिम रहेको समयमा आफ्नो मिशन ‘गेटिंग पिपूल होम’लाई थप विस्तारित गर्दै बजार हिस्सा बढाउनमासमूहको लचिलो तथा सरल बाणिज्य रणनीतिले प्रमुख भुमिका निर्वाह गरेको थियो ।
समूहको फ्राइट डिभिजन, कतार एयरवेज कार्गोले विश्वकै सबैभन्दा ठूलो कार्गो वाहकका रुपमा आफ्नो अग्रतालाई निरन्तर्ता दिँदै सन् २०२०÷२१मा आफ्नो बजार अझ विस्तारित गरेको छ ।
महामारी चरमोत्कर्समा रहेको समयमा कार्गोले आफ्नो दैनिक सेवा तीन गुणा भन्दा बढाएर एकै दिनमा १८३ उडान भर्दै सन् २०२०को मे महिनामा रेकर्ड नै राख्न सफल रह्यो ।
कार्गोले पनि माल ढुवानीमा अघिल्लो आर्थिक बर्ष २०१९÷२०का तुलनामा २०२०÷२१मा २७ लाख २७ हजार ९८६ टन (चार्जेबल तौल)का साथमा ४.६ प्रतिशत बढोत्तारी हात पारेको छ ।
माल ढुवानीमा आएको यो बढोत्तरीका साथै कार्गो यिल्डमा आएको उल्लेख्य बृद्धिले कार्गो वाहकको आम्दानीमा पनि दोब्बर भन्दा बढी बृद्धि भएको छ ।
समूहको ईतिहासमै अहिले सम्मकै सर्वाधिक कठिन बर्ष झेलेतापनि आफ्नो बलियो ब्यवसायिक आधार मार्फत एयरलाइनले आफ्नो सञ्जाल ३३ गणतब्यबाट १ सय ४० भन्दा अधिक स्थानमा पु¥याएको छ ।
अबिडजान, कोट डीभ्वा, अबुजा, नाईजेरिया, अक्रा, घाना, ब्रिसबेन, अष्ट्रेलिया, हारारे, जिम्बाब्वे, लुआन्डा, एंगोला, लुसाका, जाम्बिया, शान फ्रान्सिस्को र सियाटल, यूएस गरी एयरलाइनले ९ नयाँ गणतब्यमा आफ्नो उडान आरम्भ गरेको छ ।
एम्सटरड्याम, डल्लास फोर्ट वर्थ, लन्डन, मोन्ट्रियाल, साओ पाउलो, सिंगापुर, जोहानेसबर्ग, सिड्नी र टोकियो लगायत प्रमुख सहरहरुमा उडानलाई निरन्तर्ता दिने सिमित वैश्विक एयरलाइन मध्य क्यारियर पनि एक हो ।
यो ब्राजिल, क्यानाडा, नाईजेरिया र यूएस लगायत स्थानमा अन्तरराष्ट्रिय यात्रा पूणःस्थापनाको फाइदा लिन तयारी रहन कतार एयरवेजकोे सेवाविस्तार अन्तर्गतपूर्व महामारी स्तरभन्दा बढाइएको हो ।
समूहले अमेरिकन एयरलाइन्स, एयर क्यानाडा, अलास्का एयरलाइन र चाइना साउदर्न एयरलाइन्स लगायत प्रमुख एयरलाईन्ससंग नयाँ रणनैतिक साझेदारी विस्तारको महत्वकांक्षामा पनि उल्लेख्य प्रगति गरेको छ ।
यी नयाँ गठबन्धनका साथै जेटब्ल्यू, आईबेरिया, एलएटीएएम, क्याथे प्यासेफिक र ओमान एयर लगायत विद्यमान साझेदारहरु संग अझ विस्तारित सहकार्यले कतार एयरवेजको कनेक्टिभिटी अझ सुदृढ बनाएको छ ।
यसले अन्तर एयरलाइन्स सम्बन्धको महत्व झल्काउनुका साथै यात्रुहरुका लागि यात्राका विकल्प अन्तर्गत दायरा थप फराकिलो बनाइदिएको छ ।
एयरलाइन्सको ईतिहासमै सर्वाधिक चुनौतिपूर्ण तथा असाधारण पछिल्ला १२ महिनाको स्मरण गर्दै कतार एयरवेजका गु्रप चिफ एक्जेक्यूटिव, महामहिम अकबर अल बेकरले भने , ‘शक्ति, लचिलोपन र प्रतिबद्धता यी तीन शब्दले पछिल्लो बर्ष कतार एयरवेज समूहको प्रतिक्रियाको सटिक बर्णण गर्छ । शक्ति, जोखिम उठाउन र कठिन निर्णय लिनुपर्दा निडर रहन, लचिलोपन,घटना र प्रतिकूल परिस्थितीसंग बिचल्लित नभई दृढताका साथ लक्ष्यप्रति केन्द्रित रहन अनि प्रतिबद्धता, आफ्ना उपभोक्ता, साझेदार तथा कर्मचारीलाई दिएका बाचामा अडिग रहन ।
हामी कतार एयरवेज समूहसंग सम्बन्धित हरेक ब्यक्तिको लचिलोपन र नयाँ यथार्थसंग तिब्र अनुकूलित हुने क्षमताका लागि तिनिप्रति गौरवान्वित छौँ । तिनले प्रदर्शित गरेका दृढता, लचकता र उत्कृष्टताका लागि प्रतिबद्धता बास्तवमै सराहनिय छ ।
यही अवसरको सदुपयोग गर्दै हामी, हाम्रा सरोकारवाला, कतारको राज्यसरकार, लगायतलाई यस चुनौतिपूर्ण समयमा कतार एयरवेज समूहलाई प्रदान गरिएको सटीक साथ र समर्थनका लागि कृतज्ञता ज्ञापन गर्न चाहान्छौँ ।
हाम्रो संगठनले तलब समर्थन वा अनुदानका रुपमा कनै सहायता प्राप्त नगरेतापनि हाम्रा शेयरहोल्डरहरु मार्फत ब्यवसायको निरन्तरताका लागि कतारी रियाल ११ बिलियन (अमेरिकी डलर ३ बिलियन)को ईक्विटी ईन्जेक्शन प्राप्त गर्यौँ । यो सहयोग र विश्वासका लागि पनि हामी सबैप्रति हृदयदेखि आभार ब्यक्त गर्न चाहान्छौँ ।’


