काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायिक रुपमा कृषि कार्य गर्न रौतहट र बारा जिल्लाका किसानहरुलाई कृषि कर्जा तथा वित्तीय साक्षरताका सम्बन्धमा अभिमुखीकरण कार्यक्रम गरेको छ ।
काठमाडौं । एनसेलका ग्राहकले यस वर्षको चाडपर्वका बेलामा आफ्ना परिवारजन, साथीभाई र आफन्तहरुले मलेसिया, युनाइटेड अरब एमिरेट्स (यूएई) र साउदी अरबबाट गरेको कलमा कुरा गर्दा हरेक हप्ता २१ वटा स्मार्टफोन जित्ने मौका पाउने भएका छन् ।
काठमाडौं । चिनियाँ कम्पनी ह्वावेले नेपाली आईटीका विद्यार्थीलाई प्रशिक्षण दिने भएको छ । कम्पनीले ‘सड्स फर फ्यूचर’ योजना अन्तर्गत २० जना नेपाली विद्यार्थीलाई अनलाइन प्रशिक्षण दिने भएको हो ।
काठमाडौं । चीन सरकारले पुनः कोरोनाविरुद्धको खोप अनुदानमा सहयोग गर्ने भएको छ । चीनले उत्पादन गरेको सिनोभ्याक कम्पनीको खोप नेपाललाई अनुदानमा सहयोग गर्ने विषयमा बुधबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ र नेपालका लागि चीनका राजदूत होउ यान्छीबीच छलफल भएको थियो ।
काठमाडौं । याे वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार जर्मनीका बेन्जामिन लिस्ट र बेलायतका डेभिड म्याकमिलनलाई संयुक्त रुपमा प्रदान गर्ने घोषणा भएको छ ।
काठमाडौं । अमेरिकाले सन् २०२३ का लागि इलेक्ट्रोनिक डाइभार्सीटी भिसा (ईडिभी चिट्ठा) खुला गरेको छ । अमेरिकी विदेश मन्त्रालयले नेपाली समयअनुसार बुधबार बेलुका ९ः४५ देखि डिभी चिट्ठा खुला भएको हो ।
काठमाडौं । बागमती प्रदेश सरकारले सार्वजनिक सवारीको भाडा बढाएको छ । कात्तिक १ गतेदेखि लागू हुने गरेर बागमती प्रदेश भित्र चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि गरेको हो ।