बुटवल । दाउन्नेमा बुधबार बिहान १० बजेबाट सुरु भएको जाम अहिले साँझ ९ बजेसम्म पनि खुलेको छैन । राजमार्गमा खाल्डै खाल्डा भएको र ठाउँठाउँमा गाडी बिग्रिएकाले राजमार्ग अवरुद्ध भएको हो ।
काठमाडौं । उदाउँदो सूर्यलाई अर्घ्य दिँदै श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्व आजबाट विधिवत रुपमा सम्पन्न भएको छ । हिजो बेलुका जलासयहरुमा भेला भएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिई रातभर भजन किर्तनगरी आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै विधिवत रुपमा समापन भएको हो ।
काठमाडौं । केन्द्रीय तथ्यांक विभागले दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा जनगणना गर्न भारतले अनुमति नदिए अनुमानका आधारमा गर्ने बताएको छ ।
काठमाडौं । सस्तोडिलले ‘महा छठ पर्व’ योजना शुरु गरेको छ । जाडो मौसमका लागि मिन्त्राको नयाँ कलेक्सन लन्च गर्दै सस्तो डिलले विभिन्न छुटकासाथ तिन दिने योजना ल्याएकाे हाे । मिन्त्रा राष्ट्रिय तथा अन्तरराष्ट्रिय ब्राण्ड भएको भारतको एक प्रमुख फेसन ईकमर्स कम्पनी हो ।
काठमाडौं । सर्वोत्तम सिमेन्टले सिन्धुपाल्चोक र काभ्रे जिल्लाका ठेकेदारलाई प्राविधिक तालिम दिएको छ । कम्पनीले भवन निर्माणमा संलग्न प्राविधिकलाई सिमेन्टको ग्रेडबारे जानकारी दिँदै तालिम दिएको हो ।
काठमाडौं । सामसुङ मोबाइलको विन्टर स्किम योजनामा १५ भाग्यशाली ग्राहकहरुले जनही ५ तोला सुनको सिक्का प्राप्त गरेका छन् । कम्पनीले बुधबार गरेको प्रथम लक्की ड्र मार्फत १५ ग्राहको सिरियल नम्बर छनोट भएको हो ।
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ। बुधबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा मूल्यवृद्धि गरेको हो।
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरमा ४४० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अनुसार ५ हजार ४०७ पीसीआर परीक्षणमध्ये ३८७ जनामा र एक हजार ४०७ एन्टिजेन परीक्षणमध्ये ५३ जनामा संक्रमण पाइएको हो ।