काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलानामा १९.८८ प्रतिशतले बढी हो ।
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लाभांश पारित गर्न तेस्रो वार्षिक साधारण सभा बोलाएको छ। सभा मंसिर २९ गते अनुपम फुडल्यान्ड एन्ड ब्यांक्वेट बत्तिसपुतली, काठमाडौंमा बिहान ९ बजेदेखि हुने भएको हो।
काठमाडौं । आर्थिक वर्ष २०७७∕७८ मा सरकारको राजश्व संकलन ८२ दशमलव ८१ प्रतिशत भएको छ । कुल राजश्वमध्ये करतर्फ ९ खर्ब १२ अर्ब९४ करोड ९० लाख र अन्य कर राजश्व रकम १ खर्ब ५९ अर्ब ३३ करोड ७१ लाख गरी कुल रु. १० खर्ब ७२ अर्ब २८ करोड ६१ लाख राजश्व संकलन गर्ने लक्ष राखेकोमा कुल ८ खर्ब ८८ अर्ब १ करोड ४२ लाख रा
काठमाडौं । रियलमी नेपालमा सबैभन्दा छिटो स्मार्टफोन बिक्री विस्तार गर्ने ब्राण्ड बनेको छ । क्यानालिसमा प्रकाशित रिपोर्टअनुसार सन् २०२१ कोे तेस्रो क्वाटरमा नेपाली बजारमा रियलमीले तेस्रो स्थान ओगटेको छ । अघिल्लो त्रैमासभन्दा २५७ प्रतिशत बढी व्यापार गरेको छ ।
काठमाडौं । नबिल बैंकले सल्यानको दार्मामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नबिल बैंकले दार्मा गाउँपालिकासँग दिगो बैंकिङ अन्तर्गत उधमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारी समेत गरेको छ ।
काठमाडौं । सुपर मादी हाईड्रोपावर कम्पनीले सर्वसाधारणलाई ३१ लाख ५० हजार कित्ता शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने कार्य अगाडी बढाउनको लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर प्रत्याभूतिमा नियुक्त गरेको छ ।