काठमाडौं । जापानले सबै विदेशी यात्रुलाई प्रवेशमा रोक लगाएको छ । विभिन्न मुलुकमा नयाँ कोरोना भाइरस फैलिने क्रमबीच जापानले अन्तर्राष्ट्रिय यात्रुलाई प्रवेशमा रोक लगाएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका हुन् ।
काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले सोमबार निर्माणाधीन १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको स्थलगत निरीक्षण भ्रमण गरेकी छिन् ।
चितवन । नेकपा एमालेको महासचिवमा शंकर पोखरेल सर्वसम्मत निर्वाचित भएका छन् । चितवनको सौरहामा जारी १० औं राष्ट्रिय महाधिवेशनबाट पोखरेल सर्वसम्मत महासचिव चुनिएका हुन् ।
चितवन । नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल सर्वसम्मत निर्वाचित भएका छन् । आइतबारसम्म वरिष्ठ उपाध्यक्षमा दाबी गर्दै आएका सुवासचन्द्र नेम्वाङको समेत उम्मेदवारी नपरेपछि पोखरेल सर्वसम्मत वरिष्ठ उपाध्यक्ष भएका हुन् ।
काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि शेयर बजार घट्ने क्रम जारी देखिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिका लागि ल्याएको त्रैमासिक समीक्षा पछि आइतबार ८० अंकले घटेको बजार सोमबार पनि दोहोरो अंकले घटेको हो ।
काठमाडौं । नेकपा (एमाले)को अध्यक्षका लागि भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् । केपी शर्मा ओलीलाई निर्विकल्प अध्यक्ष बनाउन खोजिए पनि भीम रावलले त्यसमा असहमति राख्दै अध्यक्षमा उम्मेदवारी दिएका छन् । रावलले सोमबार बिहान अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
काठमाडौं । धितोपत्र दोस्रो बजारमा सूचिकृत लघुवित्त कम्पनीहरुमध्ये हालसम्म ३६ कम्पनीहरुले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट लाभांश प्रस्ताव गरेका छन् ।
काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन दक्षिण अफ्रिकाबाट संक्रमण फैलिएको भन्दै नेपालले दक्षिण अफ्रिका र अफ्रिकी मुलुकबाट आउने सबैलाई प्रतिबन्ध लगाएको छ ।
काठमाडौं । मंसिर १३ गते सोमबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ग्लोबल आइएमई बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।