काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज आइतबार उच्च अंकको गिरावट आएको छ । आज नेप्से ८०.२९ अंकले घटेर दुई हजार ६ सय ५१ दशमलब ४९ विन्दुमा पुगेको हो । त्यस्तै, आज ५ अर्ब ८३ करोड ५१ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका सबै समूहमा राताम्मे छाएको छ ।