काठमाडौं । सिटिजन्स बैंक र ऐना युनिसेक्स सैलूनबीच सहकार्य गर्ने सम्झौता भएको छ । दुई कम्पनीले सिटिजन्स बैंकका कार्डबाहकलाई सैलुनमा छुट दिएर सहकार्य गर्ने समझौता गरेका हुन् ।
काठमाडौं । नवलपुरको कावासोतीस्थित श्री शिव नमूना माविमा अध्ययनरत जेहेन्दार र निम्न वर्गका विद्यार्थीहरूले हिमालयन बैंकको स्थानीय शाखाबाट छात्रवृत्ति तथा स्टेशनरी सहयोग प्राप्त गरेका छन् ।
काठमाडौं । विश्व बैंक अन्तर्गतको अन्तराष्ट्रिय विकास संघले कोभिड–१९ महामारीग्रस्त विश्वका कम आय भएका गरिब राष्ट्रहरूको हरित, उत्थानशील र समावेशी विकासका लागि ९३ अर्ब अमेरिकी डलरको प्याकेज घोषणा गरेको छ। कोभिड–१९ महामारीबाट संकट परेको अर्थतन्त्रलाई पुनरुत्थान गर्न यो सहयोग घोषणा गरिएको हो।
काठमाडौं । बेलायतमा पछिल्लो समय कोरोना संक्रमितको संख्या निरन्तर बढिरहेको छ । त्यहाँ दैनिक संक्रमितको संख्या महामारी सुरु भएयताकै उच्च बिन्दुमा पुगेको छ ।
काठमाडौं । कपोरेट डेभलपमेन्ट बैंक र छ्याङदी हाइड्रोपावर कम्पनी हकप्रद निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेका छन् । बैंक र हाइड्रोपावरले हकप्रद निष्काशनको अनुमति माग्दै पुस १ गते बोर्डमा आवेदन दिएका हुन्।
काठमाडौं । समृद्धि फाइनान्सलाई हकप्रद निष्काशनको गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । बोर्डले मंसिर २९ गते फाइनान्सलाई हकप्रद निष्काशन गर्न अनुमति दिएको हो ।