काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभाबाट निर्वाचित कार्यकारिणी समितिको पहिलो बैठकबाट गठित विधान संशोधन समितिकातर्फबाट आज एक कार्यक्रमका बीच महासंघका अध्यक्ष शेखर गोल्छा समक्ष महासघको विद्यमान विधान संशोधनको मस्यौदा पेश गरिएको छ ।
विराटनगर । उद्योग संगठन मोरङको आयोजनामा उद्योग व्यवसाय क्षेत्रको उत्पादकत्व अभिवृद्धिका साथै सुमधुर औद्योगिक श्रम सम्वन्ध विकासलाई दृष्टिगत गरी मानव संशाधन तथा औद्योगिक सम्वन्ध विकासका सन्दर्भमा २०७८ मंसिर २९ गते अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
हरेक मानिसलाई सानै भए पनि आफ्नै घरमा बसौँ भन्ने सोच हुन्छ । तर घर बनाउने प्रकृया दिन प्रतिदिन झन्झटिलो र खर्चिलो हुँदै गइरहेको छ । प्राय मानिसको हकमा घर भनेको जिन्दगीभरीको कमाइ हो । त्यसैले घर बनाउँदा धेरै कुरामा विचार पुर्याउनुपर्छ ।
काठमाडौं । २०७७ भदौ ३० गते पहिलो आउटलेट खोलेर सुरु भएको नेपालकै फास्टेस्ट ग्रोइङ रिटेल चेन साथीमार्टको ब्राण्ड एम्बेसडरमा महानायक राजेश हमाल नियुक्त भएका छन् । बिहिबार राजधानीना आयोजित एक कार्यक्रममा हमालले मार्टसँगको अवद्दतामा हस्ताक्षर गरेका हुन् ।
बुटवल । शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स प्रालिले बुटवलमा युवालाई लक्षित गरी १ सय २५ सीसी श्रेणी अन्तर्गत अत्याधुनिक फिचर्सको नयाँ मोटरसाइकल, टीभीएस रेडर सार्वजनिक गरेको छ ।
काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले बर्दियाको गुलरियामा सुविधा सम्पन्न नयाँ शोरुम ‘ग्लोबल अटोमोटिभ्स प्राइभेट लिमिटेड’ सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । नेपाल टेलिकमले देशका सबै स्थानीय तहका वडा कार्यालय, स्वास्थ्य कार्यालय, सामुदायिक विद्यालय र अन्य सरकारी कार्यालयहरुमा टेलिफोन र इन्टरनेट सेवा विस्तार गर्ने भएको छ ।
काठमाडौं । मनकामना केबलकार मर्मत/सम्भार गर्न लागि चार दिन बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिले आइतबारदेखि चार दिनलाई केबलकार सेवा बन्द गर्न लागेको हो । यो अवधिमा रेष्टुरेन्ट र बटम स्टेसनको सेवा भने जारी रहनेछ ।
काठमाडौं । एकैदिन सात जनामा ओमिक्रोन संक्रमण फेला परेपछि भारतको आर्थिक राजधानी मुम्बईमा २ हप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ । मुम्बईमा बुधबार सात जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको थियो ।