जर्मनीले दियो नेपाललाई ४१ लाख ४२ हजार बढी डोज कोरोना खोप |
काठमाडौं । जर्मनीले नेपाललाई कोभ्याक्स सुविधा अन्तर्गत कोभिड–१९ विरुद्धको ४१ लाख ४२ हजारभन्दा बढी डोज खोप उपलब्ध गराएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ लाख ६५ हजार ६ सय डोज मोडेर्ना र २१ लाख ७६ हजार ६५० डोज जोनसन एण्ड जोनसन खोप गरी कुल ४१ लाख ४२ हजार २५० डोज खोप प्राप्त गरेको हो । प्राप्त खोपमध्ये जोनसन एण्ड जोनसन खोप एक डोज मात्रा लगाए हुने खोप हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोभ्याक्स सुविधा अन्तर्गत जर्मन सरकारको सहयोगमा उक्त परिमाणको खोप प्राप्त गरेको हो ।



