काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको छ।
काठमाडौं । बीबीसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’ अन्तर्गतको विधामा सेफ सन्तोष साह विजयी भएका छन् । सोमबार साँझ बीबीसीमा प्रसारण गरिएको फाइनलमा उनले अन्य प्रतिस्पर्धीहरूलाई पछि पार्दै ‘रिम्याच’ को उपाधि हार पारेका हुन् ।
काठमाडौं । पुस १३ गते, मंगलबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा महालक्ष्मी विकास बैंक, निर्धन उत्थान लघुवित्त र नेपाल हाइड्रो डेभलोपर्सको शेयरमूल्य समायोजन भएको हो।
काठमाडौं । जस्मिन हाइजिन प्रडक्टसले अल्ट्रा–थिन बेबी डाइपर बजारमा ल्याएको छ । विगत १५ वर्षदेखि नेपालमै सेनेटेरी प्याड तथा बच्चाको डाईपर उत्पादन गर्दै आएको कम्पनीले नयाँ डाइपर ल्याएको हो ।
काठमाडौं । सिटिजन्स बैंकले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ ।
काठमाडौं । नेपालको सडक सुरक्षा तथा अटो प्रयोगको सचेतनामूलक अभियानमा नासा फाउन्डेशन र नेपाल अटो पत्रकार संघ (जाम) बीच सहकार्य हुने भएको छ । सोमबार राजधानीमा सम्पन्न दुई संस्थाबीचको छलफलले सुरक्षित अटोको प्रयोग, सडक सुरक्षा तथा सूचनाको सम्प्रेषणमा आपसी सहकार्य गर्ने सहमति भएको हो ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रको समस्या समाधान गर्न सरकार अग्रसर नभएको बताएका छन् । उनले सोमबार वस्तुगत संघका नवनिर्वाचित पदाधिकारीलाई स्वागत गर्ने कार्यक्रममा बोल्दै सरकारले निजी क्षेत्रको समस्या र माग सम्बोधन गर्न इच्छा नदेखाएको आरोप लगाएका हुन् ।