काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२२ को अवसर पारेर दुबईमा नेपाली कमेडी च्याम्पियन शो हुने भएको छ । कान्तिपुर होलिडेजको आयोजनामा ग्रिनलाई र फिस्टेल ट्राभल्सको प्रायोजनमा आउँदो डिसेम्बर ३१ मा कमेडी शो हुन लागेको हो।
काठमाडौं । नेपालमा चौथो पुस्ताको फोरजी सुरु भएको ५ बर्षमा एक करोड ३७ लाख प्रयोगकर्ता पुगेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको एमआईएस रिपोर्ट अनुसार सरकारी स्वामित्वको नेपाल टेलिकमले फोरजी प्रयोगकर्ता ह्वातै बढाएको छ ।
काठमाडौं । नेपाल बङ्गलादेश बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा भुपेन्द्र पाण्डे नियुक्त भएका छन् । सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले पाण्डेलाई वरिष्ठ नायब प्रमुख कार्यकारीमा नियुक्त दिएको हो ।
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही अधिकांश स्थानहरूमा हल्का वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात भइरहेको छ ।
काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ । सोमबार उच्च अंकले घटेको नेप्से परिसूचक मंगलबार २.६६ अंकले घटेर २ हजार ५ सय १८ दशमलव ९९ अंकमा झरेको छ ।