काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशी १० दिनको उपचारपछि आइतबार अस्पतालबाट डिस्चार्ज भएका छन् । पिसाब, मुटुको चाल, श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि जोशीलाई ललितपुरको किष्ट शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।
काठमाडौं । एनएमबि बैंकले सामाजिक दायित्व अन्तर्गत पुकु दिदी फाउण्डेशन र वाग्मती मा. वि, सिसौट सर्लाहीका प्रधानाध्यापक राम सिंहासन रायको उपस्थितिमा उक्त विद्यायलका विद्यार्थीहरुलाई स्कुल झोला वितरण गरेको छ ।
काठमाडौं । एनएमबि बैंकले पुनः उर्जा ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंकले बैशाख २१ गतेदेखि १५ वर्षे अवधिको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गर्न लागेको हो। बैंकले यस अघि गत जेठमा पनि उर्जा ऋणपत्र निष्काशन गरेको थियो।
काठमाडौं । बीमा समितिले मर्जरमा लैजाने उद्देश्यसहित बीमा कम्पनीहरूको चुक्तापूँजी बढाउने निर्णय गरे पनि बीमकहरू मर्जरमा आकर्षित नभएको देखिएको छ । चुक्तापूँजी बढाउने क्रममा अधिकांश कम्पनीले मर्जरलाई अन्तिम विकल्पको रूपमा अघि सारेका छन् ।
काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक बर्ष ०७९–८० को बजेट निर्माणलाई तिव्रता दिने क्रममा आइतबार बिहान शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालय र दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छलफल गरेको छ ।
काठमाडौं । वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि उम्मेदवारहरुको मनोनयन दर्ता आज आइतबार र भोली सोमबार उम्मेदवारी हुँदैछ । अहिले देशभरि उम्मेदवारहरुले मनोनयन दर्ता गरिरहेका छन्।
काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावरले आज आइतबार वैशाख ११ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले स्थानीयलाई जारी पुँजीको १०% अर्थात १० लाख कित्ता सेयर निष्कासन गरेको हो ।
काठमाडौं । पुँजी बजार बल्ल सकारात्मक गतिमा देखिएको छ । निरन्तर घट्दोक्रममा रहेको नेप्सेले आइतबार आकर्षक छलाङ मारेको छ । सूचकका साथमा कारोबार रकम (टर्नओभर) मा वृद्धि भएको छ । यस दिन नेप्से सूचक ९५.४६ अंकले बढेर २४२०.९१ विन्दुमा आइपुगेको छ । २ अर्ब ५३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।