काठमाडौं । अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल आगामी जेठ २ गतेदेखि २४ सै घण्टा सञ्चालनमा आउने भएको छ । हाल दैनिक १८ घण्टा मात्र सञ्चालन हुँदै आएको विमानस्थललाई जेठ २ गतेदेखि पूर्णरूपमा २४ सै घण्टा सञ्चालन गर्ने तयारी गरिएको नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ ।