काठमाडौं । गरिमा क्यापिटलको छैटौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम २०७८ आसार मसान्तमा कायम चुक्तापुँजी ११ करोड ८१ लाख रुपैयाँको १५.६५ प्रतिशतले हुन आउने रकम १ करोड ८४ लाख ८३ हजार ८९५.९३ रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्न स्वीकृति प्रदान गरेको छ।
काठमाडौं । निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको बीसौं वार्षिक साधारण सभा २०७९ साल बैशाख ११ गते दियालो लर्डस प्लाजा, वीरगञ्ज, पर्सामा सम्पन्न भएको छ ।
काठमाडौँ । नबिल बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र बिच नवीकरणीय ऊर्जा आयोजनाहरुको प्रवद्र्धनका लागि केन्द्रीय नवीकरणीय ऊर्जा कोषसँग ऋण नोक्सान ग्यारेन्टी(LLG)सम्झौता भएको छ ।
काठमाडौं । स्थानीय तह सदस्य निर्वाचनका लागि विभिन्न पदमा १ लाख ५० हजार ४९४ जनाको उम्मेदवारी परेको छ । कूल ३५ हजार २२१ पदका लागि वैशाख ३० गते हुन लागेको निर्वाचनमा सो संख्यामा उम्मेदवारी परेको हो ।
काठमाडौं । स्थानीय तह सदस्य निर्वाचनका लागि दर्ता भएको मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले आजदेखि (जाँचबुझ) छानबिन थाल्ने भएको छ । आइतबार र सोमबार मनोनयन दर्ता भएकामा मंगलबार उम्मेदवारविरुद्ध उजुरी आह्वान भएको थियो ।
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको कायम मुकायम नायव महाप्रवन्धकमा मेघेद्रप्रकाश गिरी नियुक्त भएका छन्। गिरीले जनसम्पर्क तथा ब्राण्डिङ विभाग प्रमुखको पनि जिम्मेवारी पाएका छन् ।
काठमाडौं । सेञ्चुरी कमर्शियल बैंक लिमिटेडले वार्षिक साढे १० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंकले वैशाख २१ गतेदेखि ‘१० प्रतिशत सेञ्चुरी डिबेन्चर २०८८’ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो। सो ऋणपत्रको अवधि १० वर्ष रहनेछ।