काठमाडौं । निर्वाचन आयोगले तयार गरेका चुनावसम्बन्धी सन्देशमुलक भिडिओ प्रचार प्रसार गरी २० लाखदेखि ५० लाखसम्म भ्युज बनाउने व्यक्ति वा संघसंस्थालाई आयोगले नगद पुरस्कार दिने भएको छ।
काठमाडौं । स्थानीय तह निर्वाचनका लागि हरियो रङको मतपत्रमा कालो रङको निर्वाचन चिह्न हुने भएको छ । सबैभन्दा माथिका ६ वटा लहरमा राष्ट्रिय पार्टीको निर्वाचन चिह्न हुनेछन् ।
काठमाडौं । बल्क एसएमएस व्यवसायमा परिचित स्प्यारो एसएमएसले चुनावको मुखमा नेपालमा भोइस ब्रोडकास्टिङ सेवा सुरु गरेको छ । स्प्यारो भोइस ब्रोडकास्टिङ सेवा बल्क एसएमएस प्रणालीको परिष्कृत संस्करण भएको कम्पनीले जनाएको छ ।
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र होटेल गढी भिउ एण्ड रिसोर्ट प्रा.लि., मकवानपुर बीच फाइनान्सका ग्राहकहरूलाई रिसोर्टले सञ्चालन गरेको जिप लाइनमा ३०% र फुड र बेभरेजमा १०% छुट दिने भएको छ ।
काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि पर्याप्त कारण बिना जाँचबुझ गर्ने निर्णय गरेको भन्दै उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । यो आदेशसँगै गभर्नर अधिकारीले निरन्तर काम गर्न पाउने भएका छन् ।
काठमाडौं । आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’को माग राख्दै अमेरिकाको सिकागो सहरका श्रमिकहरूले सडक ओर्लिएर बलिदानी पूर्ण सङ्घर्ष गरी विजय हासिल गरेको दिनको सम्झनामा आज विश्वभर अन्तरराष्ट्रिष्य श्रमिक दिवस मनाइँदैछ।
काठमाडौं । नेपालका साना तथा मझौला उद्यमहरू लाई बढवा दिँदै नेपाली ट्रेडलाई डिजिटाइज बनाउने लक्ष्य सहित सञ्चालनमा रहेको बिजबजार अनलाइन सपिङ्ग एपले, यस मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिनलाई लक्षित गरेर गजबको डिस्काउन्ट अफर ल्याएको छ ।