काठमाडौं । तीन वटा खाद्यान्न भण्डार गृह निर्माण गर्न नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लगानी गर्ने भएको छ । बैंकले खाद्यान्न भण्डार गृह (वेरहाउस) निर्माण गर्ने सम्बनधमा बिहीबार नेपाल वेयरहाउजिङ्ग कम्पनीसँग सम्झौता गरेको हो ।
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबारका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालको सभापतित्वमा काठमाडौंको होटल र्याडिसनमा साधारणसभा सम्पन्न भएको हो ।
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको पोखरा महानगरपालिका वडा नं. ३०, पावरहाउस चोक स्थित पावरहाउस शाखाको औपचारिक उद्घाटन भयो । लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय तथा बैंकका सञ्चालक मोहना लोहनीबाट संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको नयाँ शाखा पोखराको बगरमा सञ्चालनमा आएको छ । बिहीबार एक समारोहका बिच नेपाल राष्ट्र बैंकको पोखरा कार्यालयका निर्देशक डा. रामशरण खरेल तथा बैंकका संचालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले बैशाख २५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले नयाँ स्थानहरूमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ ।
काठमाडौं । पर्यटकीयस्थल पोखराको फेवातालदेखि सराङकोटसम्म सञ्चालन हुँदै आएको अन्नपूर्ण केबलकारमा छुट प्रदान हुने भएको छ । गरिमा विकास बैंक र केबलकारबीच छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो ।
काठमाडौं । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले बिहिबार ‘राष्ट्रिय चिया दिवस’ मनाएको छ । ‘गुणस्तरीय चिया उत्पादन र सुनिश्चित बजार, चियाको निर्यात, आर्थिक समृद्धिको आधार’ भन्ने मुल नाराका साथ बोर्डले २६ औँ राष्ट्रिय चिया दिवस मनाइएको हो ।
काठमाडौं । मुलुकमा हालसम्म पनि निर्यातसम्बन्धी नीति बन्न नसकेका कारण निकासी व्यापारले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको भन्दै निजी क्षेत्रले निर्यात नीतिको माग गरेको छ ।