सन्देशमूलक चुनावको भिडिओ अपलोड गरी २० देखि ५० लाख भ्युज बनाए आयोगले नगद पुरस्कार दिने |
काठमाडौं । निर्वाचन आयोगले तयार गरेका चुनावसम्बन्धी सन्देशमुलक भिडिओ प्रचार प्रसार गरी २० लाखदेखि ५० लाखसम्म भ्युज बनाउने व्यक्ति वा संघसंस्थालाई आयोगले नगद पुरस्कार दिने भएको छ। वैशाख ३० गते हुने स्थानीय चुनावका लागि आयोगले बनाएका सन्देशमुलक भिडिओ आफ्नो पेज, एकाउन्ट र संस्थाका पेजमा अपलोड गरी २० देखि ५० लाखसम्म भ्युज पु¥याउनेले यो प्रतियोगितामा भाग लिन पाउने भएका हुन् ।
आयोगले आइतबार एक सूचना जारी गर्दै आयोगले ५० लाख भ्युज बनाउनेलाई ५० हजार नगद दिने बताएको छ। यस्तै ३० लाख भ्युज बनाउनेलाई ३० हजार र २० लाख भ्युज बनाउनेलाई २० हजार पुरस्कार दिने जानकारी दिएको छ।
त्यस्ता भिडिओहरू आयोगका ट्वीटर, युट्युव र फेसबुक तथा भाइबरमा अपलोड गरिसकिएका छन् । आयोगका भिडिओ वैशाख २९ गतेभित्र फेसबुक, युट्युव, टिकटकलगायतमा पोस्ट गर्ने, सेयर गर्ने र २० देखि ५० लाख भ्युज बनाउनेलाई नगद पुरस्कार दिइने आयोगले बताएको छ।


