काठमाडौं । राष्ट्रिय बैंक लिमिटेडले फुल डबल मुद्दती खाता सञ्चालनमा ल्याएको छ । ग्राहकले यो मुद्दती खातामा लगानी गरेको रकम ६ बर्ष ७ महिना २३ दिनमा दुई गुणा हुने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ एसोसिएट समन्वय समितिको एघारौं भेलामा निर्माण व्यवसायीहरूले सार्वजनिक खरिद नियमावलीको १२ औं संशोधन सकारात्मक भएको बताएका छन् ।
काठमाडौं । महालक्ष्मी विकास बैंकले प्रति ऋणपत्र अंकित मूल्य रु.१००० दरले कुल १ अर्ब रुपैयाँ (१० लाख कित्ता) मूल्य बराबरको दश वर्षे ऋणपत्र बिक्री गर्न लागेको छ ।
काठमाडौं । द ब्रिटिस कलेजले तेस्रो द ब्रिटिस कप २०२२ इन्टर कलेज फुटसल टुर्नामेन्ट आयोजना गर्ने भएको छ । कलेजले बालुवाटारमा रहेको ढुकु फुटसलमा आगामी ४–५ अगष्टमा टुर्नामेन्ट आयोजना गर्न लागेको हो । टुर्नामेन्टमा १३ कलेजको सहभागिता रहने छ ।
काठमाडौं । नेपालका लागि फोटोन मोटर्सको आधिकारिक बिक्रेता एम.ए.डब्लु वृद्धि कमर्सियल भेहिकलले हालै काठमाडौंमा मिनीट्रक अमार्क ल्याएको छ । साथै कम्पनीले भेहिकलको पावर, पर्फोमेन्स र प्रदर्शन ट्रायल सुरु गरेको जनाएको छ ।
काठमाडौं । प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गर्ने भएको छ । आइतबार दुई बैंक गाभिनेबारे समझदारी भएको छ । सेन्चुरी गाभिएपनि बैंकको नाम ‘प्रभु’नै कायम रहनेछ ।
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तीन दिवसीय Business Excellence Conference सौराहा चितवनमा २०७९ श्रावण १३–१५ मा सम्पन्न गरेको छ । “A Bounce Back Year 79/80” नाराका साथ सम्मेलन आयोजना गरिएको थियो ।
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र मनमोहन मेमोरीयल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलबीच नगदरहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।