काठमाडाैँ । सामसङले ‘सामसुङ ग्यलेक्सी ए १३’ लन्च गरेको छ । ‘सामसुङ ग्यलेक्सी ए१३’ सामसङको ए सिरिज पोर्टफोलियोमा सबैभन्दा किफायती फोन भएको कम्पनीले जनाएको छ ।
काठमाडौं । नबिल बैंक र दराज बीच ‘दराज दशैं धमाका’ महोत्सवका लागि सम्झौता भएको छ । नबिलले नजिकिदैं गरेको नेपालीहरुको महान पर्व दशैंलाई ध्यानमा राखी यहि आउँदो भाद्र २९ गतेबाट दराजबाट किनमेल गर्दा नबिल कार्ड वाहकहरुलाई आकर्षक छुटको व्यवस्था गरेको छ ।
काठमाडौं । नेपाली बजारमा विभिन्न सवारी साधन तथा अन्य उत्पादनमा लाग्ने जेन्युइन पार्ट्स उपलब्ध गराउदै आएको सत्यदीप ग्रुपले विभिन्न उत्पादनको क्याटलग लन्च गरेको छ ।
काठमाडौं । एन आई सी एशिया बैंकले समयअनुरुप विभिन्न ग्राहक मैत्री आकर्षक योजनाहरू ल्याउने क्रममा बडादशैं, दीपावली,नेपाल सम्बत् तथा छठ पर्वको पावन अवसरमा मोबाइल बैंकिङ्ग एपमार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिटेन्स पठाउन सकिने योजना सार्वजनिक गरेको छ ।
काठमाडौं । सेल्सबेरी डिपार्टमेन्ट स्टोरको चाडपर्व लक्षित ‘चाडवाडको लहर, तिलहरीको रहर, फोन पेको साथ सेल्सबेरीको अफर’ नामक योजनाको दोस्रो हप्ताको विजेता हरि ढुंगाना बन्न सफल भएका छन् ।
भारतको चर्चित व्यापारिक समूह टाटा ग्रुपका पूर्व अध्यक्ष साइरस मिस्त्रीको सडक दुर्घटनामा निधन भएको छ । भारतीय मिडियाका अनुसार मुम्बईनजिकको पालघर भन्ने स्थानमा मिस्त्रीको गाडी दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनापछि मिस्त्रीलाई अस्पताल लगिए पनि त्यहाँ उनलाई मृत घोषणा गरिएको थियो ।
काठमाडौं । ओरियन्टल होटल लिमिटेडले असोज १३ गते, बिहीबार, २५ औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा राष्ट्रिय सभा गृह, प्रर्दशनीमार्ग, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ।