काठमाडौं । नबिल बैंकले नेपालमै पहिलोपटक ‘नबिल जेन अल्फा’ एप सार्वजनिक गरेको छ । नबिलको जेन अल्फाका ब्राण्ड एम्बासडर प्रेन्सा रेग्मी र प्रमुख कार्यकारी निर्देशक ज्ञानेन्द्रप्रसाद दङ्गानाले उक्त एप सार्वजनिक गरेका हुन् ।
काठमाडौं । एनआईसी एशिया बैंकको खातामा विश्वका विभिन्न देशहरूबाट अब भिजा डाइरेक्ट मार्फत सोझै रकम पठाउन सकिने सेवाको शुभारम्भ भएको छ । यस बैंकले भिजा इन्टरनेशनलसँग सहकार्य गर्दै आफ्ना ग्राहकहरू सामू यो नवीन सेवाको सुरुवात गरेको हो ।
काठमाडौं। सेञ्चुरी कमर्सियल बैंक नारायणगढ शाखा, लायन्स चोक र भरतपुर–१० स्थित एनपिआई नारायणी सामुदायिक अस्पताल र सिराईचुली होटलबीच बैंकको ग्राहकलाई विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।
काठमाडौं । सार्वजनिक–निजी साझेदारीमा कार्यान्वयन गरिने प्राविधिक र आर्थिक दृष्टिले सम्भाव्य लगानीयोग्य परियोजनाहरूको संग्रहको सूची तयार गर्ने उद्देश्यले लगानी बोर्डले तयार पारेको परियोजना बैंक निर्देशिका सार्वजनिक भएको छ ।
काठमाडौँ । नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘कायापलट’ नामको विशेष योजना सार्वजनिक गरेको आठौं दिन धापासी निवासी भुजेन्द्र सरु मगरले बौद्ध टुसालको अटो साउन्ड ट्रेडर्स प्रा लि बाट एन्टर्क १२५ रि एफ आइ स्कुटर खरिद गर्दा १०० % क्यासब्याक पाउन सफल भएका
काठमाडौं । आज बिहीबार गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा बिहानैदेखि मेघगर्जन र चट्याङसहित पानी परिरहेको छ । यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा तीन दिन नै ठूलो वर्षाको सम्भावना छ ।
काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप दुई वटा म्युचुअल फन्डलाई इकाई बिक्री गर्न अनुमति दिएको छ । बोर्डले एनआइबीएस एस क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको ‘एनआइबीएल फ्लेक्सी क्याप फन्ड’ लाई ७ करोड ५० लाख इकाई बिक्री गर्न अनुमति दिएको छ ।