काठमाडौं । हिमालयन रि इन्स्योेरेन्स कम्पनीले गएको वर्ष २७ करोड ८२ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्ममा कुल २७ करोड ८२ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको हो ।
काठमाडौं । साङ्ग्रिला डेभलपमेन्ट बैंकले भक्स्क्रोको गेटडेस्क सफ्टवेयर प्रयोग गर्ने भएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमका बीच सफ्टवेयर कम्पनी भक्स्क्रोसँग बैंकले व्यवसायिक साझेदारीको सम्झौता गरेको हो ।
काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेड (जीआईसीएल)ले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल)को भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेशनल पेमेन्ट स्वीचका लागि सम्झौता गरेको छ ।
काठमाडौं । नेपालमा आर्थिक वर्ष २०७७-७८ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात अघिल्लो वर्षको तुलनामा १४.८ प्रतिशतले वृद्धि भई रु.२२७ अर्ब ९५ करोड कायम रहेको छ ।
काठमाडौं । सेन्चुरी फूड एण्ड वेभरेज एण्ड हस्पिटालिटी २०२२ भृकुटी मण्डप, काठमाडौंमा यहि भदौ ३१ देखि असोज २ गतेसम्म हुने भएको छ । यो एक्स्पो खाद्य, पेय पदार्थ र आतिथ्यतामा विशेष केन्द्रित रहेको जनाइएको छ ।