२ म्युचुअल फन्डलाई इकाई बिक्री गर्न धितोपत्र बोर्डले दियो अनुमति |
काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप दुई वटा म्युचुअल फन्डलाई इकाई बिक्री गर्न अनुमति दिएको छ । बोर्डले एनआइबीएस एस क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको ‘एनआइबीएल फ्लेक्सी क्याप फन्ड’ लाई ७ करोड ५० लाख इकाई बिक्री गर्न अनुमति दिएको छ ।
एनआइबीएल एसको यो खुलामुखी योजना हो । यस्तै, सानिमा क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुने बन्दमुखी योजना ‘सानिमा ग्रोथ फन्ड’ लाई पनि १२ करोड इकाई बिक्री गर्न बोर्डले अनुमति दिएको छ । यी दुवै फन्डले प्रतिइकाई १० रुपैयाँको दरले इकाई बिक्री गर्न अनुमति पाएका हुन् ।


