काठमाडौंँ । बिहीबार हालसम्मकै सर्वाधिक महंगो भएको सुन शुक्रबार भने सस्तिएको छ । माघ १३ गते, सुन तोलामा एक हजार १०० रुपैयाँले गिरावट भएको हो । चाँदीको भाउ भने यस दिन स्थिर रहेको छ ।
काठमाडौं । इलामका व्यवसायी प्रेम प्रसाद आचार्यले मूलतः व्यवसायिक कठिनाइका कारण आत्मदाह गर्नुपरेकोमा नेपाल उद्योग वाणिज्य महासंघ गहिरो दुःख व्यक्त गरेको छ । महासंघ स्वर्गिय आचार्यप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवारमा समवेदना व्यक्त गरेको छ ।
काठमाडौंँ । सनराइज फोकस्ड इक्विटी फन्डमा आवेदन दिने समय लम्बिएको छ । अब यसमा माघ २४ गतेसम्म आवेदन दिन सकिनेछ । यसअघि यो फन्डमा पहिलो चरणमा आज (माघ १३ गते) सम्म आवेदन दिन सकिने भनिएको थियो ।
काठमाडौंँ । माया खोला हाइड्रोपावरले आज माघ १३ गते शुक्रबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो ।
काठमाडौंँ । सुपर माई हाइड्रोपावरले माघ २३ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता आइपीओ जारी गर्न लागेको हो ।
इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल–सिसी प्रमुख अतिथिका रुपमा उपस्थित भएपछि भारतले बिहीबार आफ्नो ७४औँ गणतन्त्र दिवस मनाएको छ । भारतको संविधान बनेपछि हरेक बर्ष जनवरी २६ लाई गणतन्त्र दिवसका रूपमा मनाउने गरिन्छ ।
काठमाडौंँ । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारण लगानीकर्ता तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्ने भएको छ।
काठमाडौंँ । आँधिखोला लघुवित्त वित्तीय संस्थाको साधारण सभा आज (माघ १३ गते) बस्दैछ । सभा होटल गाउँवेशीको सभा हल वालिङ–८, स्याङ्जामा बिहान साढे ११ बजेबाट सुरु हुनेछ ।