काठमाडौंँ । फाइनान्स कम्पनीहरुको नाफामा उच्च गिरावट देखिएको छ। फाइनान्स कम्पनीहरुले प्रकाशित गरेको चालु आर्थिक वर्षको वित्तीय विवरण अनुसार फाइनान्स कम्पनीहरुको खुद नाफा औषतमा ५३.३२ प्रतिशतले घटेको छ।
काठमाडौंँ । युवराज लामाको अध्यक्षतामा नेपाल कराते महासंघ केन्द्रीय कार्यसमितिको तदर्थ समिति गठन गरिएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिवसमेत रहेका लामाको अध्यक्षतामा २१ सदस्यीय केन्द्रीय कार्य समिति गठन भएको हो।
काठमाडौँ । सर्वोच्च अदालतको फैसलापछि रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएका छन् । शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा बुझाएका हुन् ।
काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकतामा कैफियत देखाउँदै उनको सांसद पद खारेज गरिदिएसँगै समर्थकले सर्वोच्च परिसरमा नाराबाजी गरेका छन् ।