काठमाडौं । सुमेरु सेक्युरिटिज र आई.ए.एफ.एस (iafs) बिच बुधबार सहकार्यको सम्झौता भएको छ। स्टक ब्रोकर नं.३९, सुमेरु सेक्युरिटिजका संचालक प्रेम अग्रवाल र आई.ए.एफ.एस.का प्रबन्ध निर्देशक सुमन गौतमले एक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
काठमाडौं । चितवनमा पाँचौं नेपाल एग्रिटेक इन्टरनेसनल एक्सपो २०२२ हुने भएको छ । कृषि क्षेत्रको समस्त विकास गर्ने उद्देश्यले मिडिया स्पेस सोलुसन्स र फुटुरेक्स ट्रेड फेयर एण्ड इभेन्टसले विगतका वर्षहरु झैं यसवर्ष पनि कृषि सम्बन्धी एक्स्पो गर्न लागेको हो ।
काठमाडौं । डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालिन लक्ष्यसहित डिजिटल बैंकिङ्गको प्रवद्र्धन गरिरहेको यस एनआईसी एशिया बैंकले ‘सेलेब्रेटिङ डिजिटल पार्टनरसिप’ भन्ने मूल भावका साथ २०७९ माघ १३ गते ‘एनआईसी एशिया मर्चेन्ट मिट २०२३’ सम्पन्न गरेको छ ।
काठमाडौं । भारतबाट पेट्रोल र डिजेलको मूल्य बढेर आएको छ । नेपाल आयल निगमका अनुसार आइओसीले पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोल ८ रुपैयाँ १ पैसा र डिजेल ७ रुपैयाँ ९८ पैसा बढेर आएको हो ।
काठमाडौं । नेपाल आयल निगमले भण्डार आयल स्टोर र दिलीप ट्रेडर्सलाई कारवाही गरेको छ । निगमले पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली, २०७५ बमोजिम १ लाख रुपैयाँ जरिवाना र ६ महिनाको लागि आपूर्ति बन्द गर्ने कारवाही गरेको हो ।
काठमाडौं । कामना सेवा विकास बैंकका सीइओ सहित चार जना पक्राउ परेका छन् । बैंकको दमकस्थित शाखामा कम धितो राखेर बढी ऋण प्रवाह गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
काठमाडौं । हकप्रद निष्काशन गर्ने प्रस्ताव सहित सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले विषेश साधारण सभा बोलाएको छ । कम्पनीले फागुण ४ गते बिहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालयमा विषेश साधारण सभा बोलाएको हो ।
काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले माघ ४ गते देखि निष्काशन गरेको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन आज अन्तिम दिन हो भने स्थानीय बासिन्दाहरुका लागि भने म्याद थप गरेकाे छ ।