काठमाडौं । अपि पावर कम्पनीले लिमिटेडले १९ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले फागुण १४ गते बानेश्वर व्याक्वेट, थापागाँउमा बिहान ११ बजे सभा बोलाएको हो ।
काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकले माघ २६ गतेदेखि २४ लाख इकाई ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा कुल २ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न लागेको हो ।
काठमाडौं । शुभम पावर लिमिटेडले आज (माघ १८ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।
काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेट र खर्चमा मितव्ययिता गरी सरकारको वित्त सन्तुलन कायम राख्न खर्च कटौती र खर्च रोक्का गर्ने निर्णय गरेको छ ।
काठमाडौँ । एनएमबि बैंकले ठमेलको लोकप्रिय पर्यटकीय गन्तव्य गार्डेन अफ ड्रिम्स नजिक आफ्नो नयाँ एटिएम खोलेको घोषणा गरेको छ । सो एटिएमले ग्राहक र पर्यटकहरुलाई काठमाडौं उपत्यकाको व्यस्त स्थानमा छिटो र सहज रूपमा नगद निकाल्न टेवा पुर्याउने बैंकको विश्वास छ ।
काठमाडौँ । लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्सबीच एकापसमा गाभ्ने तथा गाभिने (मर्जर) सम्बन्धमा अन्तिम सम्झौता सम्पन्न भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रम आयोजना गरी मर्जर सम्झौता भएको हो ।
काठमडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले ५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । १६ माघ सोमबार बसेको लघुवित्त सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो ।