काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज फागुन ५ गते बस्दैछ । सभा वालनट बिस्ट्रो एन्ड ब्यांकेटमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुको केन्द्रीय अध्यक्षमा समिक बडाल विजयी भएका छन् । २३ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत गएराति भएको निर्वाचनबाट निवर्तमान महासचिव बडाल अध्यक्षमा विजयी भएका हुन् ।
काठमाडौं । प्रभु क्यापिटलले फागुन १८ गतेदेखि प्रभु स्मार्ट फण्ड निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका ८ करोड इकाई निष्काशन गर्न लागेको हो।
काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले माघ ५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज (फागुन ५ गते) अन्तिम दिन रहेको छ।
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्योति प्रकाश पाण्डे दोहोरिएका छन् । बैंकले पाण्डेलाई फागुन ३ गतेदेखि लागु हुने गरी अर्को कार्यकालको लागि सीईओ पदमा नियुक्त गरेको हो ।
काठमाडौं । डिशहोमले आफ्नो नयाँ कनेक्सनको शुल्क घटाएको छ । नयाँ कनेक्सनका लागि ३९९९ रुपैँया शल्क लिदैँ आएकोमा अब भने २९९९ रुपैँया मात्र लाग्ने भएको छ । कम्पनीले आफ्नो पुरानो अफरमा एक हजार रुपैयाँ छुट दिँदै यस्ताे याेजना ल्याएकाे हाे ।
काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले कालिन्चोक केबलकारमा १० प्रतिशत छुट पाउने भएका छन् । सिटिजन्स बैंक इन्टरनेसनल र पशुपति रोड, गौशाला स्थित कालिन्चोक दर्शनबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौं । पश्चिम सेती जलविद्युत् आयोजनासँगै बनाउने भनिएको सेती रिभर-६ (एसआर-६) आयोजनाको सर्वेक्षण अनुमतिपत्र लिनका लागि भारतीय कम्पनी नेसनल हाइड्रोइलेक्ट्रिक पावर कर्पोरेसन (एनएचपिसी) लिमिटेडले आवेदन दिएको छ ।