काठमाडौँ । महाशिवरात्रि पर्वका लागि पशुपति क्षेत्र विकास कोषको निमन्त्रणामा जगन्नाथपुरीस्थित गोवर्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वती काठमाडौँ आइपुगेका छन् ।
काठमाडौं । सुनको भाउ निरन्तर चाैथाे दिन गिरावट भएको छ । फागुन ५ गते, शुक्रबार सुन तोलामा ५०० रुपैयाँले सस्तिएको हो । चाँदीको मूल्य पनि आज घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
काठमाडौं । फागुन ५ गते, शुक्रबार सुपरमाई हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो।
काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १० करोड २६ लाख २० हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको घाटा ४ लाख ८९ हजार रुपैयाँ रहेको थियो ।
काठमाडौं । नेकपा एमालेको ‘मिसन ग्रासरुट’ अभियान आजबाट शुरु हुँदैछ । गत माघ २६ गतेको केन्द्रीय सचिवालय बैठकले सातैवटा प्रदेशमा ५ फागुनदेखि अभियान चलाउने निर्णय गरेको थियो ।
काठमाडौं । टिभिएस मोटर कम्पनीको लागि नेपालको एक मात्र आधिकारीक विक्रेता जगदम्बा मोटर्सको उत्पादन टिभिएस एनटर्क रेस एक्सपि २०२२ को उत्कृष्ट फिचर लोडेड स्कुटर अवार्डद्वारा सम्मानित भएको छ ।
भारतीय मूलका नील मोहन युट्युबको नयाँ सीईओमा नियुक्त भएका छन् । यसअघि नीलमोहन युट्युबका सीपीओ थिए। उनलाई बढुवा गरी यो जिम्मेवारी दिइएको हो । नील मोहन सन् २००८ देखि गुगलमा काम गर्दै आएका छन् । सन् २०१३ मा कम्पनीले उनलाई ५४४ करोड रुपैयाँ बोनस दिएको थियो ।
काठमाडौं । पछिल्लो समय सहकारीहरु समस्याग्रस्त बन्दै गएकोले सरकारले सहकारी संस्थामा २५ लाख भन्दा बढीको निक्षेप राख्न नपाउने व्यवस्था गर्न लागेको छ । यसबारे राष्ट्रिय सहकारी महासंघ लि.नेपालले विरोध जनाएको छ ।
काठमाडौं । मुम्बईमा उपचाररत नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको आज दुई शल्यक्रिया गरिंदै छ । बिहान १०ः३० बजे पहिलो र दिउँसो १ः३० बजे दोस्रो शल्यक्रिया हुने भण्डारीसँगै मुम्बईमा रहेका नेपाली कांग्रेसका नेता योगराज कँडेलले जानकारी दिए ।