मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले लिए शपथ
नकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रदेश प्रमुख डाक्टर सुरेन्द्रलाव कर्णबाट उनले आज पद तथा गोपनियताको शपथ लिएका हुन् ।
संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतमा जसपा नेपाल संसदीय दलका नेता यादवलाई प्रदेश प्रमुखले शनिबार मुख्यमन्त्री नियुक्त गरेका थिए ।
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवको शपथ ग्रहण समारोहमा नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीका नेता अनुपस्थित भएका छन् ।




