निजी क्षेत्रका समस्या समाधान गर्न अर्थमन्त्री वाग्लेलाई मोरङ उद्योग व्यापार संघको सुझावपत्र
विराटनगर । निजी क्षेत्रका विद्यमान समस्या, चुनौती र आर्थिक गतिविधिबारे सरोकारवालाहरूसँग प्रत्यक्ष संवाद गर्न विराटनगर आ
उनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई मोरङ उद्योग व्यापार संघले स्वागत गर्दै विभिन्न नीतिगत सुधारका लागि सुझावपत्र बुझाएको छ ।
उनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई मोरङ उद्योग व्यापार संघले स्वागत गर्दै विभिन्न नीतिगत सुधारका लागि सुझावपत्र बुझाएको छ ।संघका अध्यक्ष अनिल कुमार साहको नेतृत्वमा पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको टोलीले शुक्रबार अर्थमन्त्री वाग्लेसँग औपचारिक भेटघाट गरी कोशी प्रदेश र मोरङ–सुनसरी औद्योगिक कोरिडोरका उद्योग–व्यवसायले भोगिरहेका व्यावहारिक कठिनाइबारे ध्यानाकर्षण गराएको हो ।
भेटघाटका क्रममा अध्यक्ष साहले नेपाली जुट निर्यातमा देखिएको पछिल्लो अवरोध र भारत निकासीका क्रममा व्यहोर्नुपरेको बीआईएस (BIS) प्रमाणीकरणको प्रक्रियागत जटिलता तत्काल समाधान गर्न आग्रह गर्नुभयो । यस्तै, औद्योगिक क्षेत्रका लागि भारतसँग विद्युत आयात–निर्यातको प्रभावकारी व्यवस्थापन गर्न र खुल्ला सिमानाका कारण हुने अवैध कारोबार नियन्त्रण गर्न समेत संघले माग गरेको छ ।
प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा द्विपक्षीय व्यापार तथा पारवहनका मुद्दाहरूलाई उच्च प्राथमिकताका साथ उठान गर्नुपर्नेमा अध्यक्ष साहले जोड दिनुभयो । सोही अवसरमा स्वदेशी उद्योगको संरक्षण, प्रवर्द्धन तथा विद्यमान समस्या समाधानका व्यावहारिक उपायहरू समेटिएको विस्तृत सुझावपत्र अर्थमन्त्री वाग्लेसमक्ष हस्तान्तरण गरिएको संघले जनाएको छ ।
कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य तथा स्थानीय उद्योगी व्यवसायीहरूको सहभागिता रहेको थियो ।




