सुनको भाउ एकैदिन १२ हजार २ सय घट्यो
काठमाडौं । शुक्रबार एकैदिन सुनको मूल्य तोलामा १२ हजार २ सय रुपैयाँ घटेको छ । योसँगै सुनको भाउ साढे २ लाखमुनि झरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ४५ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ५७ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार घटेपछि नेपालमा प्रभाव परेको महासंघले जनाएको छ ।
त्यस्तै चाँदी आज तोलामा २२५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ३३५ रुपैयाँ रहेको चाँदी आज ३ हजार ११० रुपैयाँमा झरेको छ ।




