चौधरी ग्रुप अन्तर्गतका दुई कम्पनीलाई उत्कृष्ट करदाता पुरस्कार
काठमाडौं । चौधरी ग्रुपअन्तर्गतको सीजी इम्पेक्स प्रालि वस्तु व्यापारतर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाताका रूपमा सरकारबाट सम्मानित भएको छ।
राष्ट्रिय कर दिवस २०८३ का अवसरमा मंगलबार आयोजित कार्यक्रममा सरकारले सीजी इम्पेक्सलाई उत्कृष्ट करदाताका रूपमा सम्मान गरेको हो।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सीजी इम्पेक्सका तर्फबाट चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीलाई सम्मानपत्र प्रदान गरे।
यसैगरी, चौधरी ग्रुपकै लगानी रहेको नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने संस्थाका रूपमा उत्कृष्ट करदाता घोषित भएको छ।





