नयाँ दिल्लीमा सीएनआई र भारतका लागि नेपाली राजदुत पाण्डेबीच छलफल
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को औपचारिक भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा रहेको नेपाल उद्योग परिसंघ (सीएनआई) को प्रतिनिधिमण्डलले भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेसँग दुई देशबीचको आर्थिक सम्बन्ध थप बलियो बनाउने विषयमा विशेष छलफल गरेको छ ।
प्रधानमन्त्री शाह बसेको नयाँ दिल्लीस्थित होटल ताज महलमा आज (आइतबार) उक्त भेटवार्ता तथा छलफल सम्पन्न भएको हो । छलफलमा परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे, पूर्वअध्यक्ष विष्णुकुमार अग्रवाल, वरिष्ठ उपाध्यक्ष निर्वाण चौधरी र उपाध्यक्ष राजबहादुर शाह सहभागी थिए ।




