सुनचाँदीको मूल्य बढ्यो
काठमाडौँ । असोज १४ गते, बुधबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला दुइ हजार ८०० रुपैयाँ र चाँदी प्रतितोला ३० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारको बजारमा सुन प्रतितोला दुई लाख ९० हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
त्यस्तै, यस दिन चाँदी प्रतितोला चार हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला चार हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो।



